काठमाडौं। काठमाडौंको नागार्जुनमा जेसीबीको ठक्करबाट शुक्रबार १ जना बालिकाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका ६ ह्वाइट गुम्बानजिकै बा २ क ६०८८ नम्बरको जेसीबीको ठक्करबाट नागार्जुन ६ की ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।