मुख्य समाचार
अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन सक्दैनः अध्यक्ष ओली | निर्वाचनका लागि केपी ओली एकमात्र वाधक हुन्ः घनश्याम भुसाल | तोलामा ५ सयले घट्यो सुनको मूल्य | निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि दर्ता गर्न आव्हान | लुम्बिनी प्रदेश प्रमुख घर्तीद्वारा सातौं हिउँदे अधिवेशन आह्वान | सार्वजनिक निकायबाट सम्पादन हुने काम निगरानी तथा अनुगमन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन | ०.३१ अंकले बढ्यो नेप्से | रेसुङ्गा विमानस्थलमा हप्तामा ४ पटक हवाई उडान सुरु | जेनजी आन्दोलनका क्रममा भागेका ५ हजार १३ जना कैदीबन्दी अझै फरार | पोर्चुगलको कामदार भिसा बन्द |

धुलिखेलमा बिजुलीको खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु

Nagarik Sewa 3444+ समाचार ( )
४ जेठ २०८२, शनिबार

काठमाडौं ।  धुलिखेलमा बिजुलीको खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको बिजुलीको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ११ हजार भोल्टको हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेको अवस्थामा बिहान ११:३० बजे अचानक करेन्ट लाग्दा परियारको घटनास्थलमै मृत्यु भएको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाको अनुसन्धानका लागि कार्यालयबाट प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरको कमाण्डमा टोली खटाइएको छ ।

तार जोड्न खम्बामा चढेका परियारको विद्युत् प्राधिकरणले सूचनाविना नै विद्युत् लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको जनाइएको छ।

विद्युत् प्राधिकरण काभ्रेपलाञ्चोक वितरण केन्द्र बनेपाले शुक्रबार एक सूचना जारी गर्दै शनिबारदेखि त्यसक्षेत्रमा ११ केभी लाइन चार्ज गरिने भएकाले लाइनको वरिपरी गाईवस्तु नछाड्न, विद्युत्को खम्बालगायतका विद्युतीय सामग्री नछुन सार्वजनिक आह्वान गरेको थियो ।

मृतक परियारको शवलाई खम्बाबाट निकालेर शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार