मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

दश रुपैयाँ पर्ने चुरोटको मूल्य प्रतिखिल्ली ३० रुपैयाँ पुर्‍याउन स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव

Nagarik Sewa 4868+ समाचार ( )
१६ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीमा कडा मूल्य वृद्धि गर्न प्रस्ताव गरेका छन्। उनले सरकारले लागू गर्न सक्ने नीतिगत प्रस्तावमा हालको प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउने र हालको मूल्य एक हजार रुपैयाँ रहेको रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्‍याउने सुझाव दिएका छन्।

स्वास्थ्य मन्त्री पौडेलका अनुसार यस प्रस्तावको मुख्य उद्देश्य युवामाझ बढ्दो चुरोट तथा रक्सी सेवन नियन्त्रण गर्नु, दीर्घकालीन स्वास्थ्य समस्याहरू न्यूनीकरण गर्नु र राज्यको राजस्व वृद्धि गर्नु हो। “स्वास्थ्यको दृष्टिकोणले हेर्दा यी पदार्थहरू घातक छन्। हामीले नियन्त्रण गर्न सक्ने सबल उपाय भनेको मूल्यको माध्यमबाट प्रभाव पार्नु हो,” मन्त्री पौडेलले बताए।

विशेषज्ञहरूका अनुसार यस्ता पदार्थहरूको मूल्य वृद्धिले उपभोक्तामा खपत घटाउने मनोवैज्ञानिक असर पार्छ। मन्त्री पौडेलले यस प्रस्तावलाई आगामी बजेटमा समावेश गर्न अर्थ मन्त्रालयसँग छलफलको तयारी भइरहेको पनि जानकारी दिए।

यसबीचमा सामाजिक सञ्जाल र सर्वसाधारणबीच मन्त्रीको प्रस्तावको चर्को बहस सुरु भइसकेको छ। कतिपयले यो प्रस्तावलाई सकारात्मक परिवर्तनको रूपमा लिएका छन् l

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै