काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारीलाई बोल्ने अवसरबाट बञ्चित गरेका छन् । ललितपुरस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठकमा ओलीले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तका साथै उपमहासचिव योगेश भट्टराईलाई बोल्न समय नदिएका हुन् ।
बैठकमा सहभागी एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार उपमहासचिव भट्टराई लिखित दस्तावेज बोकेर बैठकमा पुगेका थिए । उनले उक्त दस्तावेजसहित आफ्नो भनाइ राख्न खोज्दा अध्यक्ष ओलीले समय नदिएका ती केन्द्रीय सदस्यले जानकारी दिए । अध्यक्ष ओली आफ्नोविरुद्धमा आउने आवाजलाई बन्द गर्ने गरी बैठकमा प्रस्तुत भइरहेको आरोप उनले लगाए ।