मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

रवि लामिछानेलाई जेलबाट छुटाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेका छौंः स्वर्णिम वाग्ले

Nagarik Sewa 4674+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई जेलबाट छुटाउन प्रधानमन्त्री सुशीला कार्कीसँग आग्रह गरेको जानकारी गराएका छन् । वाग्लेले लामिछाने फागुन २१ को निर्वाचनअघि नै छुट्ने आशा पनि व्यक्त गरेका छन्।

शनिबार बेलुका दाङको तुलसीपुरमा आयोजित नगर भेलालाई सम्बोधन गर्दै विघटित प्रतिनिधिसभा सदस्य वाग्लेले आगामी निर्वाचनमा लामिछाने आफूहरूसँगै चुनावी प्रचारमा हिँड्ने बताए। 'रवि लामिछानेलाई पन्छाइयो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई अलि सुस्त बनाउन सकिन्छ भन्ने खराब मनसायले जुन अधिक अभियोजन गरिएको छ, त्यसमा सच्याइदिनुहोस्, प्रतिशोधको राजनीति अन्त्य भएको नेपाली जनताले देख्न पाउनुपर्छ भनेर हामीले प्रधानमन्त्रीज्यूलाई आग्रह गरेका छौं,' वाग्लेले भने, 'सम्माननीय न्यायमूर्ति रहिसक्नु भएका सुशीला कार्कीबाट यसलाई सच्याउने पहल होला भन्ने हामीले अपेक्षा गरेका छौं।'

शैक्षिक संस्थादेखि देशका हरेक क्षेत्रमा राजनीतीकरण तथा दलीयकरण मात्र नभई राज्यका भएभरका संस्थामा दलका झोले हरू छिराएर दोहन भइरहेको आरोप पनि वाग्लेले लगाए। आगामी निर्वाचनबाट जनताले त्यो दोहनको प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताए। रास्वपाले चुनाव जित्ला भनेर नै सभापति लामिछानेलाई सास्ती दिइएको वाग्लेले दाबी गरे।

उनले अगाडि भने, 'सूर्य थापा नेतृत्वको छानबिन समितिले तीन महिना लगाएर १२ सय पेजको प्रतिवेदन ल्याए पनि रकम झिक्ने प्रक्रियामा रवि लामिछानेको संलग्नता भेटिएन।' खर्चिलो र भड्किलो राजनीति भत्काउन रास्वपालाई ठूलो संख्यामा संघीय संसदमा पठाउन पनि उनले आग्रह गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै