मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बाह्रविसे नगरपालिकामा बालमैत्री स्थानीय शासन पूर्वतयारी कार्यक्रम सम्पन्न

Nagarik Sewa 5112+ समाचार ( )
८ पौष २०८१, सोमबार

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका वडा नम्बर १ मा बालमैत्री स्थानीय शासन कार्यक्रम समापन भएको छ । बालमैत्री स्थानीय शासनको पूर्वतयारीका लागि नेत्रज्योति मिडिया हाउस र लोकप्रिय समाचारको समन्वयमा भुमेश्वरी आधारभूत विद्यालयमा सो कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर मञ्जु तामाङ्गले चेतनाको कमीका कारण अझै पनि धेरै आमा र बच्चाले पोषणयुक्त खानेकुरा नपाएको बताउनुभएको छ । बालमैत्री स्थानीय शासन घोषणा गर्न सो विषय पनि अपरिहार्य रहेको भन्दै सचेतना बढाउनुपर्नेमा उपमेयर तामाङ्गको जोड छ । 

कार्यक्रममा उपस्थित अन्य विज्ञहरुले पनि बालमैत्री स्थानीय शासन घोषणा गर्न ५१ वटा सूचकांक अपरिहार्य रहेको बताएका थिए । 

त्यस्तै, कार्यक्रममा बालसञ्जाल र महिला सञ्जाल पनि गठन गरिएको छ । बालसञ्जालको अध्यक्षमा अजित मगर, उपाध्यक्षमा सुष्मा तामाङ्ग, सचिवमा याङलोमा शेर्पा, सहसचिवमा प्रेमिका मगर र कोषाध्यक्षमा रविना मगर रहेका छन् । 

त्यस्तै, बालसञ्जालकै सदस्यतर्फ प्रमोद थापा मगर, नवराज गुरुङ, दोर्जे शेर्पा, छिरिङ ग्लाल्बु शेर्पा, सुरज मगर र आङ दोमा शेर्पा रहेका छन् । 

त्यस्तै, महिला सञ्जालतर्फ अध्यक्षमा दासाङमु शेर्पा, उपाध्यक्षमा विष्णु माया मगर, सचिवमा रिता मगर, सहसचिवमा कडोमा शेर्पा, कोषाध्यक्षमा याङलामु शेर्पा र सहकोषाध्यक्षमा नानीमाया मगर रहेका छन् । सदस्यतर्फ भने फुडोमा शेर्पा, सन्त कुमारी मगर, अमृता मगर, सञ्जिता मगर, सन्तमाया मगर, लाबुटी शेर्पा, संगीता मगर, मानकुमारी मगर र लमु शेर्पा रहेका छन् । 

कार्यक्रममा नगरपालिकाका उपमेयर मञ्जु तामाङ्ग, प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा, नेत्रज्योति मिडिया हाउसका सञ्चालक नेत्र बहादुर बस्नेत, प्रेश काउन्सिलका पूर्वअध्यक्ष भवानी प्रसाद बराल, लोकप्रिय नेत्रज्योति सञ्चार समूहका अध्यक्ष सन्तोषी बस्नेत र स्रोत व्यक्ति अरुण पौडेल लगायतका विज्ञहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार