मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मंगलबारदेखि एक हप्ता झरी पर्ने सम्भावना

Nagarik Sewa 5112+ समाचार ( )
६ कार्तिक २०८३, बिहीबार

काठमाडौं । अर्को हप्ता झरीको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन् । अर्को हप्ता झरीको सम्भावना रहेको भन्दै उनले त्यसको ख्याल गर्न आग्रह गरेका छन् ।  मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले आउँदो हप्ता झरी पर्ने सम्भावना रहेको उनले प्रस्ट पारेका छन् । “अहिले लगभग सबै मोडेलले बंगालको खाडीबाट आउने न्यूनचापीय प्रणालीको प्रभावले अर्को हप्ता झरी पर्ने देखिन्छ,” उनले भने । 

मंगलबारदेखि करिब एक हप्ताभन्दा बढी समय नेपालका धेरै क्षेत्रमा वर्षा हुने संकेत मोडेलहरूले देखाएको मौसमविद् पोखरेलले बताएका छन् ।  “केही ठाउँमा भारी वर्षा पनि हुन सक्छ । तर, वर्षाको स्थान र मात्रा फरक देखिएकाले अहिले नै कुन ठाउँमा कति पानी पर्छ भनेर तोक्न गाह्रो छ,” फेसबुकमा उनी लेख्छन्, “पूर्वानुमान अझै फेरिन सक्छ ।” 

मंगलबारदेखि धान काट्ने योजना छ भने मौसमको अपडेट हेरेर निर्णय गर्न उनले सुझाएका छन् । “सम्भव भए त्यसअघि नै काटेर सुरक्षित रूपमा भित्र्याउन वा वर्षा सकिएपछि काट्ने गरी योजना मिलाउँदा राम्रो हुने उनको भनाइ छ । केही स्थानमा असिनासहित वर्षाको सम्भावना पनि देखिएकाले यसतर्फ ध्यान दिन उनको आग्रह छ । 

“हिमाली क्षेत्रमा जोखिम बढी हुन सक्ने भएकाले विशेष सावधानी आवश्यक छ,” उनी अगाडि लेख्छन्, “यात्रा वा ट्रेकिङमा हुनुहुन्छ अथवा जाने तयारीमा हुनुहुन्छ भने नियमित मौसम अपडेट र आधिकारिक सूचनाअनुसार योजना मिलाउनुहोला ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार