मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

नेपालमा राजा फर्कने कुनै सम्भावना छैनः अध्यक्ष नेपाल

Nagarik Sewa 4674+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह नेपालका ठूला व्यापारीमध्ये पर्ने अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले बेबी किङको सम्भावना समेत नरहेको बताउनुभयो ।

यस विषयमा उहाँले अगाडि भन्नुभयो, ‘किन चाहियो रगतको शासन ? जनताको मनको शासनलाई मन नमान्ने । जनताको चेतनामा विश्वास नगर्ने । जनतामा चेतना र जागरणपैदा गर्ने कुरामा नलाग्ने । अनि वंशको शासन खोज्ने ? त्यसो भए जाउँन त राणाशासनमा । राणाशासनभन्दा अझै पुरानो खोजौं । गोपालवंशमा जाऔं । महेशपाल वंशमा जाऔं । नयाँ हिटलरलाई जन्माओस् । यस्तो हुन्छ ? अब संसार दास युगमा फर्कन सक्छ ? सामन्ती युगमा जान सकिन्छ ? पूँजीवादी युगमा पनि बस्ने होइन । अब समाजवादी युगमा जाने हो ।’

पूर्वराजासँग भएको ५ बुँदे सहमति बारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘सिधा कुरा थियो(सहमति होइन, राजाको वक्तव्य जारी भएको थियो । कि म सम्पूर्ण अधिकार जनतालाई सुम्पिन तयार छु । जनताको जे निर्णय र आदेश हुन्छ त्यो मान्न म तयार छु । अब सार्वभौम जनता सार्वभौम सम्पन्न भएका छन्, उसको निर्णय नै शिरोपर हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार