मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको पर्यटनमन्त्री पाण्डेको भनाई

Nagarik Sewa 5112+ समाचार ( )
१९ माघ २०८१, शनिबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताउनुभएको छ । शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई आकर्षित नगरी देश बन्न नसक्ने बताउँदै उहाँले पुँजीपतीहरुलाई गलत भाष्यद्वारा नराम्रो बनाइएको बताउनुभयो । धनी मानिसलाई लगानी गर्नका लागि वातावरण दिनुपर्ने र सरकारले अहिले लगानी सहजताको लागि काम गरिरहेको बताउनुभयो ।

मन्त्री पाण्डेले कांग्रेस र एमाले दुई ठूला एक ठाउँमा आएको बेलामा लगानी ढुक्क भएर गर्न आग्रह गर्नुभयो । अस्थिर राजनीतिका कारण धेरै पछौटेपन भोग्नुपरेकाले मजबुत सहकार्य गरेर अघि बढिरहेको बताउनुभयो । सरकार सुशासनको प्रत्याभुति दिने, राजनीतिक स्थिरता, लगानी भित्र्याउने वातावरण बनाउने दिशामा अघि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद जीवन परियारले अहिले सरकारले ल्याएका अध्यादेशहरु निजी क्षेत्रलाई प्रवद्र्धन गर्नेगरी आएको बतउनुभयो । उहाँले उद्यम व्यवसायलाई सरकारले सफल बनाउने गरी अध्यादेश ल्याएको बताउनुभयो ।

बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुने आइएमई ग्रुपको भनाइ छ । आइएमई ग्रुपको लगानीमा वागलुङ बजारमा सञ्चालनमा आएको इला कम्फोर्ट लक्जरी होटल करिव ३० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार