रुसको मिसाइल आक्रमणमा युक्रेनमा पाँचजनाको मृत्यु

Nagarik Sewa 4740+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

 काठमाडौं । रुसले युक्रेनमा गरेको पछिल्लो मिसाइल आक्रमणमा राजधानी किभ र आसपासका क्षेत्रमा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । २३ जना घाइते छन् । रुसले उक्त आक्रमणमा भवन तथा गोदामलाई निसाना बनाएको युक्रेनको स्टेट इमर्जेन्सी सर्भिसले जनाएको छ । उद्धार कार्य जारी छ । उद्धारकर्ता भग्नावशेषमा फसेका मानिसको खोजीमा जुटेका छन् ।

किभका मेयर भिताली क्लित्स्कोले बुधबार रातभरिको आक्रमणमा एउटा बाल अस्पतालमा समेत क्षति पुगेको बताएका छन् । अस्पतालका झ्यालका सिसा फुटेका छन् । आसपास रहेका धेरै सवारीसाधनमा आगलागी भएको छ ।

क्षेत्रीय प्रशासनले राति नै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमणसम्बन्धी चेतावनी जारी गरेको थियो । प्रशासनले उक्त क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुन सक्ने जनाएको थियो ।

यसैबीच, रुसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेका बेला पोल्यान्डको सेनाले आफ्नो हवाई क्षेत्रको सुरक्षाका निम्ति ‘सावधानीमूलक सैन्य विमान अभियान’ सुरु गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार