मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन
गढीमाई मेला सुरक्षाको लागि सशस्त्र प्रहरीका ५ सय सुरक्षा फौज परिचालन

Nagarik Sewa 4669+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौँ । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ सुरक्षार्थ करिब ५ सय जना सशस्त्र प्रहरी २४ सै घण्टा परिचालित भएका छन् ।

मङ्सिर १ गतेदेखि सुरु भएको मेला मङ्सिर ३० गतेसम्म सञ्चालन हुनेछ ।

उक्त मेलालाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं। १२ गण बाराबाट सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमान्डमा टोली परिचालन भएको छ भने मेला सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी नायव उपरीक्षक रविन सिलवालको कमान्डमा मेला अवधिभरको लागि मेलास्थमा  कमान्ड पोस्ट स्थापना गरिएको छ । 

मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ ।मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि अप्रिय घटना नघटोस् भनी विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।

क्त मेलामा ठुलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति हुने भएकोले मेला सुरक्षा योजनाअनुसार सशस्त्र बल नेपालले उच्च सतर्कता अपनाउँदै सुरक्षा व्यवस्था थप मजबुत बनाउन मेला अवधिभर परिचालित रहने सशस्त्र प्रहरका प्रवक्ता नायब महानिरीक्षक  कुमार न्यौपाने जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार