मुख्य समाचार
शरणार्थी महिलाको जीवनरक्षाका निम्ति मिर्गौला प्रत्यारोपण नरोक्नू: सर्वोच्च अदालत | जुलाईमा नेपाल आए ७१ हजारभन्दा बढी पर्यटक | साहित्यकार सञ्जु अधिकारीका दुई कृति ‘सनम’ र ‘मानस’ एकसाथ विमोचन | ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात |

बाँकेमा बस दुर्घटना

Nagarik Sewa 4677+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस सोमबार बिहान बाँकेमा दुर्घटना भएको छ। २४ यात्रु सवार बसले ट्रकलाई जोगाउन खोज्दा रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो।दुर्घटनामा परी दुई जना सामान्य घाइते भएको र उनीहरु आफै कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका लागि गएको प्रहरीले जानकारी दिएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका– ८ मगुवामा काठमाडौंबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प ०१ –००१ ख ३६४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

चालक कैलालीको गोदावरी नगरपालिका – १ का ३६ वर्षीय रामबहादुर डाँगी प्रहरीको नियन्त्रणमा छन् । घटनापछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी निरीक्षक राजकुमार भट्ट नेतृत्वको ९ जनाको टोली घटनास्थल पुगेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार