मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

विद्युत प्राधिकरणले दियो डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम

Nagarik Sewa 4720+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन २१ दिने अल्टिमेटम दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आगामी कात्तिक १७ गतेभित्र बक्यौता बुझाउन उद्योगीहरुलाई अल्टिमेटम दिएको हो । डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत विद्युत उपयोग गरे बापत २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महशुल बाँकी रहेका ग्राहकले तोकिएको अवधिभित्र बक्यौता बुझाउनु पर्ने भएको छ ।

यस अघि बक्यौता रहेका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि जेठ २०८२ भित्र निवेदन दिन सक्ने म्याद कायम भएको थियो । सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित भएको थियो । प्राधिकरण सञ्चालक समितिको असोज १० गतेको बैठकले म्याद कायम गर्ने निर्णय र प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सबै काम कारबाही बन्द गरेका कारण अब उद्योगीहरुले पूर्वनिर्धारित शुल्क अनुसार नै बक्यौता तिर्नुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार पछिल्लो समय २९ कात्तिक २०८१ मा गोरखापत्रमा प्रकाशित सूचना अनुसार बक्यौता तिर्नुपर्ने भएकाे हाे । जारी सूचनामा टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टाइम इन्टर्भलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गणना भएको बिल अनुसारको बक्यौता तिर्नुपर्ने छ । प्राधिकरणले उद्योगीले किस्ताबन्दीमा बिल तिर्न चाहेमा भने २८ किस्ताको सुविधा दिने जनाएकाे हाे ।

प्राधिकरणले सोही अवधिभित्र बक्यौता बुझाउन नआए कानून अनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार