मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो २ बजे वार्ता हुँदै

Nagarik Sewa 4670+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

काठमाडौं। सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्री र शिक्षकहरूबिच दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुँदैछ । हिजो रातिसम्म चलेको वार्तामा सकारात्मक रहेको थियो। 

हिजोको वार्ता सकारात्मक भएको र उक्त वार्तालाई अन्तिम रूप दिन आज दिउसो वार्तामा बस्न लागेको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए। त्यसका लागि महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो । ती मागहरू नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्नुपर्ने छ। 

ती मागहरूमा सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौंस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने, राहत, अस्थायी र करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने रहेको छ। 

त्यस्तै प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने र सो रकम सङ्घीय सरकारले व्यहोर्ने व्यवस्था गर्नुपर्ने महासंघको प्रस्ताव छ। 

त्यस्तै आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्नुपर्ने लगायतका माग छन्।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू गत चैत २० गतदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले चैत २५ गतेदेखि शैक्षिक हडताल समेत गरेका छन्। सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघले जनाएको छ। कक्षा १२ को परीक्षा संचालन गर्न दिनेगरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै