९.७८ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4537+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ९.७८ अंकले बढेर २५५०.३६ को विन्दुमा कायम भएको छ। आज दिनभरिमा ३३५ कम्पनीको ८८ लाख ९३ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोडको सेयर कारोबार भएको छ । आज १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको सेयर मूल्य घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सहास उर्जाको सर्वाधिक १८ करोड रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ५९ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १६ करोड ३० लाख  रुपैयाँको सेयर कारोबार भएको छ। यसदिन बन्दीपुर केवलबारका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र बुङगल हाइड्रो र झापा इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । भूगोल इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार