मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै

Nagarik Sewa 4669+ समाचार ( )
१ असार २०८३, सोमबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले सोमबार एक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि चार वर्षे स्नातक तह अन्तर्गतका बी.ए., बी.एड., बी.एस्सी. र बी.बी.एस. कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो।

परीक्षा नियन्त्रक प्रा। डा। लक्ष्मण पौडेलका अनुसार साउन १ गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। विद्यार्थीहरूले विश्वविद्यालयको आधिकारिक वेबसाइट www.exam.tu.edu.np  मा गएर स्टुडेन्ट पोर्टलु मार्फत आफ्नो विवरण भरी आवेदन दिन सक्नेछन्। आवेदन दिँदा विद्यार्थीले आफ्नो रजिष्ट्रेसन कार्डमा भए बमोजिमको विवरण दुरुस्त भर्नुपर्ने र अनलाइन प्रणालीबाटै तोकिएको शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनलाइन आवेदन प्रक्रियालाई सहज बनाउन कार्यालयले वेबसाइटमा ुअनलाइन ट्रान्सक्रिप्ट एप्लिकेसन म्यानुअलु समेत उपलब्ध गराएको छ। साथै, प्रविधिमा समस्या हुने विद्यार्थीहरूको सहजीकरणका लागि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ुहेल्प डेस्कु समेत स्थापना गरिएको पनिकाले जनाएको छ। विवरण गलत भरेमा युजर आईडी सिर्जना नहुने भएकाले विशेष सावधानी अपनाउन समेत विद्यार्थीहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार