मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई अदालतको सफाई

Nagarik Sewa 5112+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलम छुटेका छन्। अदालतले पत्र पठाएसँगै उनी छुटेको कारागार कार्यालय नख्खुका जेलर भीमराज कोइरालाले जानकारी दिए।

उनलाई लिन कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पुगेका थिए। आलमसहित चार जनालाई आज अदालतले सफाइ दिएको थियो। न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले उनीहरूलाई बुधबार सफाइ दिएको हो।

जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनलाई दोषी ठहर गरेको थियो। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीका अनुसार आलमसहित चार जनाले सफाइ पाएका हुन्।

‘वरदात पुष्टि हुन नसकेकोले जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँहरूलाई उच्च अदालतले सफाइ दिएको हो,’ उनले भने, ‘मोहम्मद आफताब आलम, उनका भाइ मोहम्मद महताव आलम, शेख सेरोज भन्ने शेख सराज र बद्री सहनीले सफाइ पाएका हुन्।’

उनीहरूमाथि इँटाभट्टामा ज्युँदै मानिस पोलेको भन्दै विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसूरको अभियोग थियो। रौतहट जिल्ला अदालतबाट मोहम्मद आफताब आलम सहितलाई जन्मकैदको सजाय भएको थियो।

२०६४ चैत २७ गते भएको संविधान सभा निर्वाचनको अघिल्लो दिन २७ चैतको साँझ करिब ६ बजे बम बनाइरहेको घरमा बिस्फोट भएको थियो। प्रहरीको अनुसन्धानको क्रममा आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु भएका तथा घाइते भएका मानिसहरूलाई ट्रयाक्टरमा राखी इँटा भट्टामा जलाएको देखिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै