मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

शेयर बजारमा मंगलबार करेक्सन

Nagarik Sewa 1242+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

काठमाडौं । पछिल्ला तीन दिन लगातार बढेको शेयर बजारमा मंगलबार करेक्सन आएको छ । तीन दिनमा ९६ अंक बढीले बढेको बजार मंगलबार १४ अंकले घटेर नेप्से २७१५ दशमलव ९१ विन्दुमा झरेको छ ।

नेप्से घटेसंगै कारोबार रकम पनि खुम्चिएको छ । मंगलबार ३१५ वटा स्टकको एक करोड ६९ लाख १७ हजार कित्ता शेयर ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँ बराबरमा कारोबार भएको छ । सोमबारको तुलनामा कारोबार रकम झण्डै तीन अर्बले घटेको हो । घटेको बजार पनि जोशी हाइड्रोपावरको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

यस्तै सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत कम्पनी, न्यादी हाइड्रोपावर, उपकार लघुवित्त र कालिका पावरको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । तर कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढे बाहेक ११ वटा उपसमूहको परिसूचक घटेका छन् । विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सर्वाधिक ३० करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार