माघ ७ को लागि कर्णाली प्रदेश सभाको बैठक आह्वान

Nagarik Sewa 2092+ समाचार ( )
१९ पौष २०८१, शुक्रबार

सुर्खेत। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सभाको बैठक माघ ७ गते बोलाएको छ । यसअघि प्रदेश सभाको चौथो अधिवेशन असोज १५ गते स्थगित गरिएको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले स्थानीय सेवा गठन तथा कार्यसंचालन नियमावली  स्वीकृति गरेको छ भने आम सञ्चार सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । 

साथै वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति गरिएको पनि ती मन्त्रीले बताए । आजको बैठकले विभिन्न १८ वटा निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्का निर्णय आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार