२.४० अंक बढ्यो नेप्से

Nagarik Sewa 4431+ समाचार ( )
२२ आश्विन २०८२, आइतबार

काठमाडौं। साताको पहिलो दिन आइतबार पनि सेयर बजार २.४० अंक बढेर २७०६ मा कायम भएको छ । कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भयो ।

अन्य समूह आज सबैभन्दा धेरै ३.०६ प्रतिशत बढ्यो । दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल रिको मूल्य उच्च दरले बढ्दा यो समूहमा उल्लेख्य वृद्धि देखियो । त्यस्तै फाइनान्स २(४९ प्रतिशत बढ्यो । बैंकिङ ०(११, लगानी ०.३७, उत्पादन तथा प्रशोधन ०.६३ तथा व्यापार ०.८२ प्रतिशत बढे ।

विकास बैंक १.५३, होटल तथा पर्यटन ०.२५, हाइड्रोपावर १.०५, जीवन बीमा १.३०, माइक्रोफाइनान्स ०.०६ तथा निर्जीवन बीमा ०.५१ प्रतिशत घटे । नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ७.३६, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको ५.७०, अपरहेवाखोला हाइड्रोपावरको ५.१८ तथा जानाकी फाइनान्सको ४.९१ प्रतिशत बढ्यो ।

ग्रिन डेभलपमेन्ट बैंकको मूल्य ८.५८ प्रतिशत घट्यो । सिन्धु विकासको ५.८१, खानीखोला हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य घट्यो। धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, लक्ष्मी सनराइज बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार