काठमाडौं। सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सुन प्रतितोला ४४ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५५ रुपैयाँले बढेको छ । मूल्यमा वृद्धि भएसँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ५ हजार ६९५ रुपैयाँ पुगेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । मेटल डेलीका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४७१६ डलर छ भने चाँदी ८५ डलर छ । अघिल्लो दिनको तुलनामा सुन ५० डलरले घटेको छ भने चाँदी १ डलरभन्दा बढीले घटेको छ ।