मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

धनगढीमा विद्युत् सर्ट भई आगलागी हुँदा आठवटा सटरमा पूर्ण रूपमा क्षति

Nagarik Sewa 4669+ समाचार ( )
६ श्रावण २०८२, सोमबार

काठमाडौं। धनगढी उपमहानगरपालिका–४ स्थित नास्ट कलेज नजिकै आइतबार राति  विद्युत् सर्ट भई भीषण आगलागी हुँदा आठवटा सटरमा क्षति पुगेको छ। आगलागीले पसलहरूमा ठुलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

प्रहरीका अनुसार हेलेन ट्रेड एण्ड सप्लायर्स अन्तर्गत विश्वप्रकाश कँडेलले सञ्चालन गरेका चार वटा सटर, परिवर्तन इम्पेक्स कपडा होलसेल पसलका तीन सटर र सेन्टर प्वाइन्ट रेस्टुरेन्ट पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

आगलागी आइतबार राति करिब १०ः४५ बजे सुरु भई राति १२ बजे नियन्त्रणमा ल्याइएको थियो। दमकल परिचालनमा धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल प्रयोग गरिएको थियो। प्रहरी र स्थानीय बासिन्दाहरूको सक्रिय सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

आगलागीका कारण सटरभित्र रहेका सबै सामान जलेर नष्ट भएका छन्। घटनाको थप विवरण र क्षतिको मूल्याङ्कन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार