काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचाररत छन् । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको खनालको सचिवालयले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार (कात्तिक १) दिउँसो उनलाई अस्पताल लगिएको थियो । उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए ।
“अवस्था सुधारउन्मुख, सामान्य हुँदै छ,” उपाध्यायले भने, “हिजो श्वासप्रश्वासमा अलि समस्या देखेर अस्पताल लगेका थियौँ ।” त्यसपछि चिकित्सकले तत्काललाई निगरानीमा राख्नुपर्ने बताएका थिए । अवस्था सुधार हुँदै गएकाले आज (कात्तिक २) ‘डिस्चार्ज’ हुन सक्ने उनले बताए ।
“अब्जर्भेसनमा राख्नुपर्छ भनेर अस्पतालले हिजो राखिदियो, आज सम्भवतः डिस्चार्ज गर्छ,” उनले भने । आइतबार दिउँसो २ बजेतिर खनाललाई अस्पताल लगिएको उनले जानकारी दिए । अरू समस्या नरहेको उनले बताए ।