तोलामा १२ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4438+ समाचार ( )
३ माघ २०८१, बिहीबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५६ हजार ६०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८३० मा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार