गर्भवती प्रेमिकाको हत्या आरोपमा भारतमा एक नेपाली युवक प्रकाउ

Nagarik Sewa 4392+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

काठमाडौं। गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या गरेको आरोपमा हैदराबादमा एक नेपाली युवक पक्राउ परका छन् । इण्डिया टुडेका अनुसार, ती युवकमाथि लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिकाको हत्याको आरोप छ।  

प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेका भेटिएको छ । हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ। बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो ।

विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन् । उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए । फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ । तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए । तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालिन् ।

मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ । स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पाँचवटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै