आजदेखि कैलालीको टीकापुरमा प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध

Nagarik Sewa 4663+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काठमाडौं। कैलालीको टीकापुर नगरपालिकाले आजदेखि लागु हुनेगरी प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ। नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गर्नुभएको छ।

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उहाँले बताउनुभयो। त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १० दोस्रोपटक ५० र तेस्रो पटक १०० जरिवाना लिइने छ। प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिवाना हुनेछ।

नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गर्नुभयो। पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ। कैलालीको धनगढी उपमहानगरपालिकामा पनि धेरै पहिलादेखी पलाष्टिकको झोला प्रतिबन्धित नै छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार