मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

२० अप्रिलमा दुबईमा नेपाल फेस्टिभलको हुने

Nagarik Sewa 5112+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

काठमाडौं। नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव भन्ने नाराका साथ २० अप्रिलमा यूएईको दुबईमा नेपाल फेस्टिभलको हुने भएको छ । दुबईस्थित क्रिक पार्कमा हुने उक्त फेस्टिभलमा करिब १५ हजार नेपाली तथा विदेशी दर्शकहरूको उपस्थिति रहने विश्वास गरिएको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए । 

नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए यूएईका र नेपाली समाज यूएई, नेपाल आदिवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियाशील बिभिन्न वैचारिक संस्था तथा संगठन, जिल्ला तथा भेगीय संस्था, जातीय, क्षेत्रीय, धार्मिक तथा वर्गीय विभिन्न संघ संस्थाहरूको आयोजनामा फेस्टिभल हुन लागेको हो । 

फेस्टिभल नेपालको कला संस्कृति, भेसभुसा, नेपाली खाना, हस्तकला एवम्  नेपालको पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार तथा प्रवर्द्धनमा महत्त्वपूर्ण रहेको एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले बताए। नेपाललाई चिनाउने कार्यक्रम भएकाले साथ दिन उपाध्यक्ष ठकुरीले सबैलाई अनुरोध गरेका छन् । 

फेस्टिभलमा  कलाकारहरू सन्दीप क्षेत्री, नम्रता श्रेष्ठ, शान्तिश्री परियार, अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान, बम बहादुर कार्की, अस्मिता रनपाललगायतको प्रस्तुति रहनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार