मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

बोलेरो जीप दुर्घटना हुँदा २ को मृत्यु ७ जना घाइते

Nagarik Sewa 4834+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं। पर्वत जिल्लाको बिहादी गाउँपालिकामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिकास्थित पूर्तिघाटबाट स्याङ्जाको वालिङतर्फ जाँदै गरेको लु१ज ४४६० नम्बरको जीप बिहादी–६ लिदीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहादी–३ रानीपानीका ६१ वर्षीय मीनप्रसाद उपाध्याय र गुल्मीको कालीगण्डकी गाउँपालिका–४ पूर्तिघाटकी ६४ वर्षीया डिलकुमारी भट्टचनको घटनास्थलमा मृत्यु भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी घाइते भएका छ जनालाई उपचारका लागि पाल्पा लगिएको छभने एक बालक सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको पहिचान खुलिनसकेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै