राष्ट्रपति पौडेल अस्पताल भर्ना

Nagarik Sewa 4680+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल  बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको छ। प्रोस्टेट सम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएको निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. घनश्याम गुरुङले जनाउनु भएको छ। 

राष्ट्रपति पौडेल लामो समयदेखि प्रोस्टेट सम्बन्धी समस्याबाट पीडित हुनुहुन्छ। उहाँ औषधि सेवन गर्दै आउनुभएको थियो। यस पटक प्रोस्टेटको शल्यक्रिया गरिने जनाइएको छ। अस्पतालका अनुसार, आजै शल्यक्रिया गर्ने तयारी गरिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार