मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ

Nagarik Sewa 4834+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए ।

"जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं," उनले भने ।

मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको पनि बताए । "विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरुको नाम विज्ञहरुबाट आएको छ । अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं," उनले भने ।

मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ । इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् । कोसी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार