कसैले चाहँदैमा मेरो सदस्यता खान सक्दैनः पूर्वराष्ट्रपति भण्डारी

Nagarik Sewa 4501+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुनः पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिनुभएको छ। सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कसैले चाहँदैमा आफ्नो सदस्यता खान नसक्ने बताउनुभएको हो। 

‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता खान सक्छ जस्तो लाग्दैन,’ भण्डारीले भन्नुभएको छ। आफु राष्ट्रपति हुनुभन्दा ३५ वर्षदेखि अगाडीबाट नै नेकपा एमाले पार्टी सदस्य रहेको पूर्वराष्ट्रपति भण्डारीले बताउनुभयो ।

म नेकपा एमालेको पार्टी जीवनमा पुनः आएँ । म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ । मैले पार्टी त्यागेर गएको होइन,’ उहाँले भन्नुभयो, ‘पार्टीकै जिम्मेवारी लिएर गएको हो । आइसकेपछि विधिअनुसार नै गरेको हुँ । म नेकपा एमालेको परिवारमा अहिले पनि आबद्ध छु भनेको हुँ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार