नेपाल बैंक र स्लाभिका आईभीएफ एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवा छुट सम्बन्धी सम्झौता

Nagarik Sewa 4809+ समाचार ( )
११ असार २०८२, बुधवार

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको सिनामंगलस्थित स्लाभिका आई. भी. एफ. एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच विशेष छुट प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। २०७९ साल असार ८ गते सम्पन्न उक्त समझदारीअनुसार नेपाल बैंक लिमिटेडका कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले उक्त अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा १० देखि २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

त्यसैगरी, स्वास्थ्य परीक्षणसँग सम्बन्धित विशेष प्याकेज सेवामा सेवा उपभोगकर्ताहरूले १०० प्रतिशतसम्म छुट प्राप्त गर्ने व्यवस्था गरिएको छ। सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र स्लाभिका आई. भी. एफ. एण्ड रिसर्च सेन्टर प्रा.लि.को तर्फबाट अध्यक्ष श्री अजय जंग कुँवरले हस्ताक्षर गर्नुभएको हो।

यस सहकार्यले बैंकका कर्मचारी र सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच र आर्थिक राहत पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार