अध्ययन मञ्च दाङको संयोजकमा सूर्य बिसी

Nagarik Sewa 4376+ समाचार ( )
२१ पौष २०८१, आइतबार

दाङ  ।  पठन संस्कृति निर्माणका लागि यस अघि गठन भएको अध्ययन मंच दाङ पुनर्गठन भएको छ । शनिबार घोराहीमा आयोजित एक भेलाले लेखक एवं प्रकाशक सूर्य बिसीको संयोजकत्वमा नौ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य थम्मन बस्नेतले बताए । जसमा महेश बस्नेत, श्रद्धा धिताल , बिन्दु गिरी, थम्मन बस्नेत, बिपि रावत, मनिषा गिरी, बिपिन आचार्य लगायत रहेको बताइएको छ ।

पठन संस्कृति कमजोर हुँदा समाज रचनात्मक एवं सभ्य बन्न नसक्ने बताउदै संयोजक बिसीले कला, साहित्य र सिर्जनात्मक लेखनमा गम्भीरतापुर्वक काम गर्न यो अभियान सुरु गरिएको बताए । साथै बिसीले दाङका प्रबुद्ध व्यक्तित्वहरुको सहयोगमा पुस्तक पठन अभियानलाई बल पुग्ने कार्यक्रमलाई तिव्रता दिइने सुनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै