काठमाडौं । रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ । किभ सहरको सैन्य प्रशासन प्रमुख तैमुर टकाचेन्कोका अनुसार आक्रमणमा आवासीय भवनहरूमा ठूलो क्षति पुगेको छ । मेयर भिटाली क्लित्स्कोले घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको बताएका छन् । उनका अनुसार ८६ जना घाइते भएको जानकारी दिएका छन् । उनले यसमा दुईजना बालबालिका रहेको पनि बताए ।
ब्यालेस्टिक र क्रुज मिसाइल तथा ड्रोनमार्फत गरिएको आक्रमणले निप्रो नदीका दुवै किनारमा रहेका किभका सबै १० वटै जिल्लालाई प्रभावित पारेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य अधिकारीहरूले सम्भावित आक्रमणबारे प्रारम्भिक चेतावनी जारी गरेपछि कयौँ स्थानीय बासिन्दा ज्यान जोगाउन मेट्रो स्टेसनहरूमा शरण लिन पुगेका थिए ।
युक्रेनी वायुसेनाले रुसले रातभर देशका विभिन्न भागमा ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको जनाएको छ । वायुसेनाले टेलिग्राममार्फत दिएको जानकारीअनुसार युक्रेनी हवाई रक्षा प्रणालीले ४८ वटा मिसाइल र ४७६ वटा ड्रोन खसाल्न वा निष्क्रिय पार्न सफल भएको छ । यद्यपि, २५ वटा ब्यालेस्टिक मिसाइल र १२ वटा ड्रोनले देशका ३३ स्थानमा क्षति पुर्याएको जनाइएको छ ।
रुसले पछिल्ला केही हप्तादेखि किभमाथिको आक्रमणलाई थप तीव्र बनाउँदै आएको छ । अर्कोतर्फ, युक्रेनले रुसी सैन्य अखडा र ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको लामो दूरीको ड्रोन आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धन अभाव भएको छ । सप्लाई चेन समेत प्रभावित भएकोे छ ।
यसैबीच, मेयर क्लित्स्कोले हवाई आक्रमणका बेला सुरक्षित आश्रयस्थलमै बस्न स्थानीय बासिन्दालाई आग्रह गरेका छन् । उनका अनुसार शेभचेनकिस्की जिल्लामा पाँचजना घाइते भएका र त्यसमध्ये एक प्यारामेडिकको अवस्था गम्भीर रहेको बताइएको छ ।
क्लित्स्कोले देसनियांस्की जिल्लामा क्षतिग्रस्त नौतले आवासीय भवनभित्र केही मानिस थुनिएको आशंका रहेको र उद्धार टोली घटनास्थलमा परिचालन गरिएको बताए । होलोसिभस्की जिल्लामा एक भवनमा आगलागी भएको छ । स्विआतोशिन्स्की र डार्नीत्स्की जिल्लाका घरहरूमा पनि आगलागी भएको छ ।
सैन्य प्रशासन प्रमुख टकाचेन्कोका अनुसार देसनियांस्की जिल्लामा एउटा आवासीय भवन आंशिक रूपमा ध्वस्त भएको छ । पेचेस्र्की जिल्लाका दुई स्थानमा आवासीय भवननजिक तथा सोलोमियांस्की जिल्लामा एउटा प्रशासनिक भवननजिक आगलागी भएको छ ।रुसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा मिसाइल र ड्रोनमार्फत भीषण आक्रमण गरेको छ । किभ सहरको सैन्य प्रशासन प्रमुख तैमुर टकाचेन्कोका अनुसार