मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

वार्ता सकारात्मक रहेको छः सभापति रवि

Nagarik Sewa 4670+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले र काठमाडौं महानगरका मेयर बालेन साहले २ घण्टा लामो वार्ता गरेका छन्। मेयर शाहका सल्लाहकार कुमार बेनको कुण्डोलस्थित निवासमा बिहीबार २ घण्टा छलफलपछि लामिछानेले वार्ता सकारात्मक रहेको बताउदै बाहिरिएका हुन्।

बालेनले चुनाव चिन्ह लौरो रहेको देश विकास पार्टीमार्फत नयाँ शक्तिहरू एक ठाउँमा आउन प्रस्ताव गरेका थिए। ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा लामिछाने भने, ‘वार्ता राम्रो भयो । समयले बताउला ।’ बिहीबारको वार्ता सकारात्मक रहेको रास्वपाका अर्का एक नेताले बताए । ‘सोमबार एक चरणमा कुरा भएको थियो, बिहीबार मन माझेर कुरा भएको छ । वैकल्पिक नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेहरूलाई सकारात्मक सन्देश दिन्छौं,’ रास्वपाका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।

लामिछानेसँगको भेटअघि बालेनले ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङसँग भेट गरेका थिए । बालेनले कांग्रेसका पूर्वसांसद डा. सुनिल शर्मा, स्वतन्त्र सांसद डा. अमरेशकुमरा सिंहलगायतसँग पनि छलफल गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै