मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

शेयर बजारमा आज झिनाे अंकले वद्धि

Nagarik Sewa 4697+ समाचार ( )
९ पौष २०८२, बुधवार

काठमाडौं। शेयर बजार बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको हाे।बजारमा झिनो सुधार देखिंदा कारोबार रकम भने घटेको छ। बजारमा कुल ३ सय ३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९ सय १७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको हाे । मंगलबार ३ अर्ब ५० करोड बढीको कारोबार भएको थियो। कूल १ सय ११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४२ वटा कम्पनीको मूल्य घट्दा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हाे ।

समूहगत परिसूचकमध्ये बैंकिङसहित ६ समूहका सूचकमा वृद्धि हुँदा सात समूहका सूचक घटेका छन् । सबै समूहको उतारचढाव एक प्रतिशत भन्दा कम रहेको हाे। आजको बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबै भन्दा बढी ५ दशमलव ३२ प्रतिशत कमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोपावर ४ दशमलव २६ प्रतिशत, हिमस्टार उर्जा ४ दशमलव १९ प्रतिशत र सिद्धार्थ बैंक ३ दशमलव ९७ प्रतिशतले बढेका छन् । आज सबै भन्दा बढी गिरावट ग्रामीण विकास लघुवित्तको ४ दशमलव २३ अंकले भएको हाे।

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रहेका हाे। साेही कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाख हुँदा बाँकी सबै कम्पनीको कारोबार रकम १० करोड भन्दा कम भएकाे नेप्सेले जनाएकाे हाे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार