मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

निर्वाचन आयोद्वारा दलहरुसँग स्वमूल्यांकन कार्यविधिमा सुझाव माग

Nagarik Sewa 4669+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि २०८२’ उपर सुझाव मागेको छ । आयोगका अनुसार उक्त कार्यविधिको मसौदा तयार गरी राजनीतिक दलहरूलाई पठाइएको छ । सोही कार्यविधिको मसौदामाथि सुझाव मागिएको हो । आयोगमा सुझाव पेस गर्नका निम्ति यही साउन २२ गते सम्मको समय दिइएको छ ।

आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउन स्वमूल्यांकन कार्यविधि २०८२ बनाइएको हो ।

यस निम्ति दल आफैंले आफ्नो मूल्यांकन गर्ने पद्धतिको विकास गर्न संस्थागत प्रबन्धको लागि निर्वाचन आयोगले तयार गरेको मस्यौदा उपर सुझाव प्राप्त भएपछि त्यसआधारमा आवश्यक हेरफेर समेत गर्न सकिने प्रवक्ता अर्यालले बताइन् । प्रवक्ता अर्यालका अनुसार राजनीतिक दलहरूका अलावा सरोकारवाला, विषय विज्ञ तथा सर्बसाधारणले समेत साउन २२ गतेसम्म कार्यविधिउपर आफ्नो राय सुझाव उपलब्ध गराउन सक्नेछन ।

कार्यविधिमा राजनीतिक दलले स्वमूल्यांकन गेर निर्वाचन आयोगमा प्रतिवेदन पेस गर्नुपर्ने लगायतका विषय समावेश छ । के कस्ता विषयमा स्वमूल्यांक्न गर्ने भनेर पनि कार्यविधिमा खुलाइएको छ । कार्यविधिको मस्यौदामा उल्लेख भए अनुसार ९ वटा विषय वा बँदामा स्वमूल्यांकन गरेर आयोगमा प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

(क) दलले कानून बमोजिम गर्नुपर्ने कामकारबाही सञ्चालन गर्न,

(ख) दलले कानून बमोजिम पालना गर्नुपर्ने काम कारबाहीको स्वमूल्याङ्कन गरी दलहरुको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन,

(ग) दलले आफ्नो भावी रणनीति तयार गर्न सहयोग पुर्‍याउन,

(घ) दलको मूल्याङ्कनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन,

(ङ) दलको मूल्याङ्कनको नतिजासंग अन्य विषयलाई आवद्ध गर्न,

(च) दलको सवल तथा कमजोर पक्षको पहिचान गरी कार्य सम्पादनमा सुधार गर्न,

(छ) दलको समावेशी संगठनात्मक संरचना निर्माण गर्न,

(ज) दलको वित्तीय अवस्थालाई पारदर्शी बनाउन,

(झ) राजनीतिक दलका अन्य आवश्यक कार्य गर्न सहज बनाउन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै