मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

शिक्षकहरूलाई धम्क्याएको भन्दै शिक्षक महासंघकाद्वारा आपत्ति

Nagarik Sewa 4669+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै काठमाडौंंमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै आपत्ति जनाउनुभएको छ । महासंघले विज्ञप्तिमा यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् । संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक(कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’

महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ। गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ । 

‘यो आन्दोलनलाई अझ सशक्त बनाउँदै हाम्रा माग मुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक कर्मचारी साथीहरूलाई काठमाडौँ आउनुहुन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार