मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस

Nagarik Sewa 4519+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नकाे नाम उम्मेदवार सिफारिस भएको छ। नेपाली कम्युनिस्ट पार्टीकाे सञ्चार-सांस्कृतिक महाशाखा(पार्टी जिल्ला कमिटी)काे शुक्रबार बसेकाे बैठकले उनको नाम सिफारिस गरेको हो।

महाशाखाका अध्यक्ष बुद्ध लाेप्चनकाे अध्यक्षता तथा उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवालीकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले रत्नकाे नाम सर्वसम्मत् रुपमा सिफारिस गरेको अध्यक्ष लाेप्चनले जानकारी दिए।

पत्रकारिताकाे अलावा सामाजिक तथा राजनीतिक अभियानमा संलग्न पत्रकार रत्न भ्रष्टाचार तथा कुशासनविरुद्धकाे अभियान समेत सञ्चालन गर्दै आएका छन्। आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट उम्मेदवार सिफारिस गरिरहेकाे छ। पत्रकार रत्नले आफुलाई उम्मेदवार सिफारिस गर्ने निर्णयको स्वागत गर्दै आफू निर्वाचन लड्न तयार रहेको बताए। ‘राजनीतिमा नव युवापुस्ताकाे हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ। र त्यसका निम्ति हामी तयार हुनुपर्ने भएको छ’, उनलेे भने, ‘म सिन्धुली २ मा उम्मेदवारी दिन तयार छुु’।

कमलामाई नगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा रत्न बिगत डेढ दशकदेखि सक्रिय पत्रकारितामा रहेका छन्। सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट २०६९ सालमा पत्रकारिता सुरु गरेका उनी दस वर्षदेखि मुलधारकाे पत्रकारितामा क्रियाशिल छन्। एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायतका आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका उनी हाल साैर्य दैनिक पत्रिकामा आवद्ध रहेका छन् । प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिकाे सचिव रहेका पत्रकार रत्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकाे सहसचिव रहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार