पत्रकार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न ललितपुर अदालतको अस्वीकार

Nagarik Sewa 4730+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।  पक्राउ पुर्जीको मागसहित ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो । “हिजो (भदौ १) पनि आएका थिए । आज मंगलबार पनि पक्राउ पुर्जीको माग लिएर आए । आवश्यक कागजातविना यत्तिकै पक्राउ पुर्जी जारी गर्न नमिल्ने भनेर प्रहरीलाई फिर्ता गरिएको हो,” ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले  जानकारी दिँदै भने । 

यता, पक्राउ पुर्जी जारी नगर्न माग गर्दै पत्रकार श्रेष्ठले आजै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् । पक्राउ रोक्न अन्तरिम आदेशको माग गर्दै श्रेष्ठ अदालत पुगेका हुन् । सर्वोच्च अदालतले पत्रकार श्रेष्ठलाई रिहा गर्न सोमबार मात्रै परमादेश दिएको थियो ।  उपसभामुख रुबीकुमारी ठाकुरले पत्रकार श्रेष्ठविरुद्ध ललितपुर प्रहरी परिसरमा दिएको जाहेरी अनुरुप आफैँ अनुसन्धानमा उपस्थित हुने व्यहोरा खुलाएर रिट दायर भएको हो । 

यसअघि प्रहरीले श्रेष्ठलाई साउन २७ गते पक्राउ गरेको थियो । उपसभामुख ठाकुरले पत्रकार श्रेष्ठविरुद्ध दिएको जाहेरीमा पक्राउ पर्नसक्ने आशंकाका आधारमा रिट दायर भएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार