सभामुखसँग रिसाएर सदनबाट निस्किइन सांसद आशिका तामाङ

Nagarik Sewa 4730+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ पराष्ट्रमन्त्री शिशिर खनाललाई प्रश्न सोध्न नपाएपछि प्रतिनिधिसभा बैठक छाडेर हिँडेकी छन् । मंगलबार (भदौ २) प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री खनालले सदनमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । सोहीक्रममा उनले कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन पहल गर्ने जवाफ पनि दिए ।

सांसद आशिकाले सोमबार (भदौ १) प्रतिनिधिसभा बैठकमा यसबारे प्रश्न उठाउँदा सभामुख डोलप्रसाद (डीपी) अर्यालले तीन दिनभित्र जवाफ दिन सरकारलाई भनेका थिए । मन्त्री खनालले आज जवाफ दिने बेला आशिकाले पुनः प्रश्न सोध्न खोजेकी थिइन् । तर, सभामुख अर्यालले मन्त्रीले शून्य र विशेष समयमा गरिएका जिज्ञासाको जवाफ दिएकाले पूरक प्रश्न सोध्न नमिल्ने बताए । सभामुखले उनलाई आसनमा बस्न आग्रह गरे ।तर, सांसद आशिकाले बस्न मानिन् । त्यसपछि सभामुख अर्यालले सभाको मर्यादामा रहन उनलाई निर्देशन दिए ।

“माननीय सदस्य आशिका तामाङलाई म सभाको मर्यादामा रहन निर्देश गछु,” सभामुख अर्यालले भने । त्यसपछि एकाएक सांसद आशिका संसद् बैठकबाट छाडेर बाहिरिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार