मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु

Nagarik Sewa 4670+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

काठमाडौं। आज बिहान चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ शान्तिकुञ्ज टोलमा किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका वडा नं. २ का ४५ वर्षका शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने ५४ वर्षका रेशम दराई र रत्ननगर नगरपालिका वडा नं. १२ बस्ने ४५ वर्षका कमल गुरुङछन् ।

सो घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ३९ का जितेन्द्र महतो र पर्सा जिल्ला घर भई रत्ननगर १२ नै बस्ने ४० वर्षका अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी सुवास भट्टका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यसमा बारेमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार