गोली हाने पनि सरकारको गलत कदमको समर्थन गर्दैनौँ: सांसद साजिदा खातुन

Nagarik Sewa 4730+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन् । मंगलबार (भदौ २) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदको व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।

उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । मुलुकमा व्याप्त भनिएको गुन्डाराजका विषयमा टिप्पणी गर्दै उनले सरकारकै संरक्षणमा त्यस्ता गतिविधि भइरहेको जिकिर गरिन् । प्रतिपक्षले आवाज उठाउँदा गुन्डाको संज्ञा दिनु शोभनीय नभएको उनले बताइन् । प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने उनले प्रतिबद्धता पनि व्यक्त गरिन् ।

“एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैँ मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन,” उनले भनिन्, “हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौँ, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौँ ।” सिराहामा प्रहरीले चलाएको गोलीको विषयमा उनले सरकारको जवाफदेहिता माग गरिन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार