एमाले परित्याग गर्दे केन्द्रीय सदस्य प्रकाश शाह

Nagarik Sewa 4431+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गर्ने भएका छन्। उनी बुधबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन्।उक्त पार्टीमा एमालेले सधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका भीम रावल पनि समाहित हुन लागेका छन्। शाह रावलसँगै पार्टी प्रवेश गर्ने एक नेताले बताए।

‘प्रकाश शाहजी नेपाली कम्युनिस्ट पार्टी आउनेमा सकारात्मक हुनुहुन्छ। उहाँ लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट हुनुहुन्थ्यो। पार्टी कमिटीका बैठकमा फरक धारणा राख्दै आउनुभएको थियो,’ ती नेताले भने। रावल एमालेमा छँदा शाह पनि उनी निकट मानिन्थे। रावललाई कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै धारणा राख्दै आएका थिए।

प्रकाश शाह २०७४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला, आर्थिक योजना मन्त्री बनेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार