मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष पदका लागि लोकराज भुसालको उम्मेदवारी: एक समृद्ध र सशक्त भविष्यको दिशा

Nagarik Sewa 4670+ समाचार ( )
१३ माघ २०८१, आइतबार

काठमाडौं ।  नेपालका श्रमिक नेता र पेसागत आन्दोलनका संघर्षशील अग्रणी लोकराज भुसालले आगामी माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। परिषद्को नेतृत्व चयनको यो ऐतिहासिक निर्वाचनमा भुसालले पशु स्वास्थ्य तथा सेवा व्यवसायीहरूको हक र हितका लागि नयाँ दृष्टिकोण र सशक्त नेतृत्व प्रस्तुत गर्न चाहेको बताएका छन्।

वर्तमानमा भुसाल परिषद्को तदर्थ समितिमा सदस्यको रूपमा कार्यरत रहेका छन्, र उनी नेपालका श्रमिक र पेशाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा र क्षमता विकासका क्षेत्रमा लामो समयदेखि समर्पित रहेका छन्। पशुपन्छी तथा मत्स्य क्षेत्रको प्रगति र समृद्धिका लागि उनी कसमाथी काम गर्दै आएका छन्।

नेपाल पारा–भेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसनका संस्थापक सदस्य रहेका भुसाल, २०४७ सालदेखि निरन्तर यस क्षेत्रका नेतृत्वमा सक्रिय रहेका छन्। उनले पेसाकर्मीहरूको हक, हित, सामाजिक सुरक्षा र मर्यादित कार्यस्थलका लागि अथक प्रयास गर्दै आएका छन्। यसैसँगै, भुसालले २०७९ सालमा संसदबाट पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐनको कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

पेसाकर्मीहरूको ३५ वर्षको संघर्षको परिणामस्वरूप २०७९ सालमा लागू भएको यो ऐन पशु सेवा र स्वास्थ्य व्यवस्थापनको लागि नयाँ युगको शुरुआत हो। यस ऐनको आधारमा परिषद्को गठन भएको हो, र भुसाल तदर्थ समितिमा सक्रिय सदस्यको रूपमा यसका प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्दै आएका छन्।

भुसालले उपाध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै पेसागत मर्यादा, दक्षता, र सामाजिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेका छन्। उनले पशुपन्छी र मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिका लागि प्राविधिक क्षमता अभिवृद्धि गर्दै, गुणस्तरीय र जवाफदेही सेवा प्रवाह गर्ने योजना अघि सारेका छन्।

यसको साथै, भुसालले परिषद्को अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त गर्ने र यसका सदस्य प्राविधिक पेसाकर्मीहरूको हक र क्षमता विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालका पशुपन्छी र मत्स्य क्षेत्रको समग्र विकासका लागि आफूलाई पूर्ण रूपले समर्पित गर्ने पनि घोषणा गरेका छन्।

उनको यस अभियानले पेसाकर्मीहरूको हक र हितका लागि नयाँ उचाईमा पुग्ने विश्वास दिलाएको छ। भुसालका विचार र योजनाले मात्र होइन, उनीलाई समर्थन गर्ने पेसाकर्मीहरूको विश्वासले पनि परिषद्को आगामी नेतृत्वमा नयाँ लहर ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै