मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

वामदेव गौतमद्वारा नेकपा एससँग एकताका लागि ३ सदस्यीय कमिटी गठन

Nagarik Sewa 4382+ समाचार ( )
९ पौष २०८१, मङ्गलबार

काठमाडौं। वामदेव गौतम नेतृत्वको  ‘पार्टी एकता राष्ट्रिय अभियान’ले नेकपा एकीकृत समाजवादीसँग एकताका लागि वार्ता गर्न ३ सदस्यीय कमिटी गठन गरेको छ ।

अभियानका महासचिव डीबी कार्कीका अनुसार कार्कीकै नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको हो । एकीकृत समाजवादीका तर्फबाट भने अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटाले वार्ता गर्दै आउनुभएको छ।

नेता बाँस्कोटाले अभियानका तर्फबाट वार्ता कमिटी बनाएको औपचारिक जानकारी आएपछि दुवै पक्षबीच छलफल गरेर अभियानका नेता कार्यकर्ता एकीकृत समाजवादीमा समाहित हुनेछन् ।

‘अभियानका तर्फबाट वार्ता कमिटी बन्यो भन्ने सुनिएको हो । औपचारिक रूपमा बनेको हो भने हामी तयार नै छौ’, बास्कोटाले भन्नुभयो, ‘उहाँहरूले केन्द्रीय कमिटी बैठक पनि राखेर औपचारिक रूपमा निर्णय गर्छौ भन्नुभएको छ, त्यो निर्णय गरेपछि थप प्रक्रिया अघि बढ्छ ।’

यसअघि एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गौतमलाई पार्टीमा भित्रयाउन संवाद अघि बढाउने निर्णय गरेको थियो । निर्णयपछि माधव कुमार नेपाललगायतका नेताहरू गौतम निवास पुगेर छलफल गर्नुभएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै