बुटवल। कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गएराति गोली प्रहार भएको छ । चौधरीको निवासमा उनलाई नै लक्षित गरेर गोली प्रहार भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताए ।
गोली भित्तामा लागेको प्रहरीका भनाई छ । राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको नायव उपरीक्षक अधिकारीले बताए ।