काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा कर्णालीविरुद्ध ब्याटिङ पावर प्लेमा खराब प्रदर्शन गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याइरहेको चितवनले पहिलो ६ ओभरमा दुई विकेटको क्षतिमा ४१ रन बनाएको छ ।
चितवनबाट हाल क्रिजमा रहेका दीपक बोहोराले २४ बलमा २५ रन जोडेका छन् । त्यसैगरी, रवि बोपाराले ६ रन प्रहार गरे । यसअघि, पवेलियन फर्केका डेभिड मलान र देव खनालले क्रमशः ६ र दुई रन जोडे ।
त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको थियो ।