आज पनि उपसभामुख रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी

Nagarik Sewa 4473+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

काठमाडौं। बुधबार पनि उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहने भएको छ। कांग्रेस र एमालेका सांसदहरूले मंगलबार खाली कागजमा हस्ताक्षर संकलन सुरु गरेका थिए। हिजो उपलब्ध नभएका, राजधानी बाहिर रहेकाहरूले आज पनि हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। मंगलबार कति सांसदको हस्ताक्षर संकलन भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे पार्टीले सांसदको हस्ताक्षर संकलन गर्नु स्वभाविक रहेको बताउँछन्। उनी भन्छन्, ‘हस्ताक्षर गराएर राख्ने अभ्यास पुरानै हो । पहिला पनि यो अभ्यास थियो । अहिले पनि हामीले त्यही अभ्यास गरेको हो ।’ उपसभामुखाई हटाउन प्रस्ताव दर्ता गर्नका लागि ६९ जना सांसद भए पुग्छ । हटाउने निर्णयका लागि लागि भने दुई तिहाइ मत आवश्यक पर्छ ।

संविधानको धारा ९१ को ‘ग’ मा ‘‘पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख र उपसभामुखको पद रिक्त हुने भनिएको छ । यस्तो प्रस्ताव भने एक चौथाइ सांसदले नै संसद्‍मा लैजान सक्छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार