चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

काठमाडौं । चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खैरहनीबाट टाँडीतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते भएका छन् । उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार